२२ बैशाख २०८१, शनिबार

नागरिकता विधेयकबारे शान्ता चौधरीले खोलिन् मुख, वास्तविकता के हो ?


शान्ता चौधरी

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले नागरिकता विधेयक सम्बन्धि प्रस्ताव प्रतिनिधिसभामा इन्ट्री भएको विषय बताएका छन् । चौधरीले नागरिकता विधेयकमा बहस हुँदै गर्दा प्रतिनिधिसभा विघटन भएको बताएकी छन् .

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “नागरिकता विधेयक सम्बन्धि प्रस्ताव प्रतिनिधिसभामा इन्ट्री भएको विषय हो , बहस हुँदै गर्दा प्रतिनिधिसभा विघटन भएको हो । आज प्रतिनिधिसभा छैन , त्यसकारण ल्याउन पर्ने अध्यादेश मार्फत नै हो । यस सम्बन्धि के छ अध्यादेशमा अनि के छ संविधानमा ? दुबै हातमा लिएर अध्ययन गरौं अनि बहस गरौं ।
वास्तविकता के हो ?
नेपाली आमाले जन्माएका सन्तान जसको वाबु पहिचान हुन सकेको छैन तिनिहरुले नागरिकता पाउने कहाँबाट अनि कसरी हो ? त्यस्ता नेपाली आमाका सन्तानले नागरिकता लिएपछि बाबु विदेशी भन्ने प्रमाणीत भयो भने उसले बावुको देशको नागरिकता लिएको छैन , त्याग्यो या नलिने कुराको ग्यारेन्टी गर्‍यो भने उसको नागरिकताअंगिकृतमा परिणत हुनेछ । यदि बावुको पहिचान भएन भने आमाको नामबाट त्यस्ता सन्तानले बंशजको आधारमा नै नागरिकता पाउने छन । यो कसरी नाजायज भयो ? कसरी राष्ट्रियता विरोधी भयो ? गत साल मैले प्रतिनिधिसभामा जे धारणा राखें सरकारले आज त्यही गर्‍यो । सत्य थाहा पाएर मात्रै बहस गरौं । संविधानमा उल्लेख भए भन्दा नागरिकता विधेयकमा केहि फरक छैन । संविधानमा केही त्रुटि छ भने त्यसमा पनि बहस गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !