२१ बैशाख २०८१, शुक्रबार

मध्यावधि चुनाव सम्पन्न गर्न सर्वदलीय राष्ट्रिय सरकारको पक्षमा ओली तयार


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय राष्ट्रिय सरकारको आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा गरिसकेकोले राष्ट्रिय सरकार बनाएर निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

निर्वाचन आयोगले सरकारले तोकेको समय पर्याप्त भएकोले चुनाव गर्न सकिने बताइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !