२ जेष्ठ २०८१, बुधबार

विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक संसद भवन वानेश्वरमा जारी


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बारेमा छलफल गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक संसद भवन वानेश्वरमा जारी रहेको छ । विपक्षी गठन्धनले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताबीच आगामी रणनीतिका विषयमा छलफल गर्न बैठक जारी रहेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताबीच छलफल सुरु भएको हो ।

१४९ जना सांसद्हरूसहित प्रधानमन्त्रीमा प्रस्तावित देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने तयारी गरेका छन् ।

विपक्षी गठबन्धनका सांसदहरूले प्रतिनिधि सभा विघटनिवरुद्ध सिंहदरबारमा सांसदहरुको धमाधम हस्ताक्षर र नागरिकता संकलनमा गरिरहेका छन् । आइतबार दिउँसो सिंहदरबारस्थित आ-आफ्नै संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका हुन् ।

प्रतिनिधि सभा विघटनिवरुद्ध संकलन भएका हस्ताक्षर विपक्षी गठबन्धनले आजै सर्वोच्च अदालतमा बुझाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद आफ्न संसदीय दलको कार्यालय र माओवादी केन्द्रका सांसद आफ्नो कार्यालयमा जम्मा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !