६ जेष्ठ २०८१, आइतबार

संसद विघटनपछि विप्लवले भने, ‘संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार छु’

विप्लव भन्छन्, 'फेरि चुनाव गरेर समस्या समाधान हुँदैन, जनमत संग्रह गराै‌' :


नेत्रविक्रम चन्द

काठमाडौँ । नेत्रविक्रम चन्‍द नेतृत्‍वको नेकपाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आफ्ना शर्त मानिए संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार भारको बताएको छ ।

सो पार्टीका महासचीव नेत्रविक्रम चन्‍द ‘विप्लव’ ले संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे व्यक्तव्य जारी गर्दै फेरि चुनाव गरेर समस्या समाधान नहुने भएकोले जनमत संग्रहमा जानुपर्ने स्पष्ट पारेका छन् ।

उनले २०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भएकोले यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सही सावित भएको पबताएका छन् ।

उनले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको जनाएको छ ।

सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने समेत विप्लवले बताएका छन् ।

विप्लव' ले संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे व्यक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !