३ जेष्ठ २०८१, बिहिबार

संसद भवनमा विपक्षी गठबन्धनको बैठक, ओलीको भण्डाफोर गर्ने


माधव नेपाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति घोषणा गरेसंगै आक्रोशित विपक्षी गठबन्धनको बैठक नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से कक्षमा जारी रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ रणनीति बनाउन विपक्षी गठबन्धनको जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बिहान ११ बजेदेखि शुरु भएको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी भएका छन् ।

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त रुपमा दलहरु कसरी अगाडी बढ्ने ? लगायतका विषयमा छलफल हुनेछ । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध नयाँ योजना र आन्दोलनको कार्यक्रम तय गर्न बैठक बस्न लागेको खाँडले बताए ।

विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै यो गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !