५ आश्विन २०८१, शनिबार

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

हिजो बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा एकीकृत समाजवादीले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए ।

एकीकृत समाजवादीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको समाचार प्रकाशित भएकोले समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्ने माग समेत गरेको छ । गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन निरन्तर अवरोध गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !