२१ बैशाख २०८१, शुक्रबार

निर्वाचनको तयारीका लागि प्रधानमन्त्रीद्वारा आयोगसँग छलफल


प्रधानमन्त्री ओली निर्वाचन आयोगका आयुक्तहरुसँग फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल शुरु गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषित कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गरेका हुन् ।

शनिबार विहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहभागी छन् छन् भने त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु