१४ बैशाख २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित विपक्षी दल राष्ट्रपति कार्यालय प्रस्थान


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवासतर्फ लागेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको हो ।

विशेष स्रोतका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !