२२ बैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि जेठ ५ गते दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से कक्षमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

भोलि बस्न लागेको बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !