९ जेष्ठ २०८१, बुधबार

ओली र नेपालवीचको भेटघाटपछि शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया


काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले बरिष्ठ नेता माधव नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता जारी रहेको छ ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । ओली र नेपालबीच भेटवार्ता काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ नजिक एमालेका दुई नेताहरुको भई रहेको निर्णायक वार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

एमाले नेत्री शान्ता चौधरीले ओली र नेपालवीचको यो वार्ता फलदायी बनोस भन्ने कामना गरेकी छन् । उनले लेखेकी छन्, “यो वार्ता फलदायी बनोस।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !