२३ बैशाख २०८१, आइतबार

देउवा निवास बूढानीलकण्ठ नजिक ओली र नेपालबीच वार्ता जारी


ओली र नेपाल

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले बरिष्ठ नेता माधव नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता जारी रहेको छ ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । ओली र नेपालबीच भेटवार्ता काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ नजिक एमालेका दुई नेताहरुको भई रहेको निर्णायक वार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर पछिल्लो समय नेपाल समूहका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।

ओली नेतृत्वमा रहेको सरकारले संसदवाट विश्वासको मत हासिल गर्न असफल भएपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा नेकपा एमालेकै माधव नेपाल समूह निर्णायक बनेर तालाचावी बोकेर बसेको छ । नेपाल समूहले सांसद पदबाट राजीनामा दिए काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको छ ।

तर नेपाल समूहले राजीनामा नदिएमा ओलीको नेतृत्वमा नै अल्पमतको सरकार बन्नेछ । नेपाल समूहले राजीनामा दिने सम्भावना बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली समूह राजीनामा रोक्न हरसम्भव प्रयत्नरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !