२१ बैशाख २०८१, शुक्रबार

आयोगद्वारा राष्ट्रिय सभाका उम्मेदवारलाई चिन्ह प्रदान : बादल र देवकोटा के के पाए ?


रामबहादुर थापा र डा. खिमलाल देवकोटा

हेटौडा । वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फको रिक्त रहेका एक सदस्य पदको लागि जेठ ६ गते हुन लागेको मतदानको लागि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

राष्ट्रिय सभामा एमालेको तर्फवाट उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सूर्य, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चुनाव चिन्ह प्रदान गरिएको छ ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ । हेटौंडा-४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !