४ जेष्ठ २०८१, शुक्रबार

दु:खिद हुँदै सुवास नेम्वाङले भने, “प्रधानमन्त्री ओली पदमुक्त भए, अब नयाँ प्रधानमन्त्री हेर्न बाँकी”


सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । नेम्वाङले संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसंग बोल्दै संविधानअनुसार ओली पदमुक्त भएको बताए।

संविधानअनुसार नयाँ सरकार गठननभएसम्म यहि सक्रकर कायम रहने नेम्वाङले बताए। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओली स्वतः पदमुक्त भएका हुन् ।

ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।

तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !