१३ बैशाख २०८१, बिहिबार

नेपाल समूहमा तीब्र मतभेद : चार यूवा नेताद्वारा मतदानको पक्षमा संकेत


घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका चार युवा नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएको संकेत गरेकोले नेपाल समूहमा तीब्र मतभेद देखिएको हो ।

यूवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा उभिएका हुन् । उनीहरु राजीनामाको विपक्षमा उभिएपछि नेता नेपाल अप्ठ्यारोमा परेका हुन् ।

स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको नेपाल पक्ष संकटमा परेको हो । पार्वती विशुन्खे, समीना हुसेन लगायत केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा रहेका छन् । नेपाल समूहका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।

तर एमालेको नेपाल समूहका सांसदहरुको आज बिहान सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठकमा उपस्थित नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको रावलले बताए ।

सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !