२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले सिएनएनलाई अन्तर्वार्ता दिंदै विश्व समुदायलाई सहयोग गर्न गरे अपिल


प्रधानमन्त्रीले सिएनएनलाई अन्तर्वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेभिड-१९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे बताएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल ट्वीटरमा लेख्दै सो कुराको जानकारी दिएका छन् ।

आज अपरान्ह १२:०१ बजे सिएनएन इन्टरनेशनल अमेरिकन टिभीलाई लाइभ अन्तर्वार्ता दिदैं उनले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल पनि गरेका छन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले “नेपालमा काेभिड १९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे” बताउनुभएको छ । आज अपरान्ह १२:०१ बजे CNN international लाई liveअन्तर्वार्ता दिदैं उहाँले “विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल” पनि गर्नुभएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !