१२ बैशाख २०८१, बुधबार

माओवादीले समर्थन फिर्ता लिएपछि गुहार माग्दै ओली पुगे देउवाको शरणमा


ओली पुगे देउवा निवास

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओली कांग्रेसका सभापति देउवालाई फकाउन एमाले नेताहरूसहित बुढानिलकण्ठ पुगेका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री भएपछि ओली आफैं गुहार माग्दै ओली देउवाको शरणमा पहिलो पटक पुगेका हुन् ।

स्रोतका अनुसार राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै ओली देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । देउवाको सचिवालयले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता जारी रहेको छ ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवा निवास पुगेका हुन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग गहन छलफल गरिरहेको छ । यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो ।

हिजो मंगलबार साँझ देउवा, प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादवबीच छलफल भएको थियो । विश्वासको मत लिने निर्णयमा पुगेका ओली यी ४ नेताको छलफलबाट त्रसित भएका छन् ।

राष्ट्रियसभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओली देउवाको शरणमा पुगेका हुन् । जेठ ६ गते हुन लागेको वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको तयारी छ । बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !