११ बैशाख २०८१, मंगलबार

अन्तत: माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र


माओवादीले बुझाएको समर्थन फिर्ताको पत्र

काठमाडौं । अन्तत:नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।

हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेअनुसार आज समर्थन फिर्ताको पत्र बुझाइएको हो । माओवादी केन्द्रले २०७४ फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङका अनुसार संसद सचिवालयमा गएर सर्मथनको पत्र दर्ता गरिएको हो । माओवादी केन्द्रको तर्फवाट समर्थन फिर्ताको पत्र बुझाउन सचेतक देव गुरुङसहित रामनारायण बिडारी लगायतको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।

यस्तो छ माओवादीले बुझाएको समर्थन फिर्ताको पत्र
यस्तो छ माओवादीले बुझाएको समर्थन फिर्ताको पत्र यस्तो छ माओवादीले बुझाएको समर्थन फिर्ताको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !