७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउने भएको छ । हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले १२ बजे सचिवालयमा गएर सर्मथनको पत्र दर्ता गर्न लागेको जानकारी दिए । माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० जना सांसदहरु रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !