१५ बैशाख २०८१, शनिबार

सरकारद्वारा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख नियुक्त


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । नेपाल सरकारले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटार स्रोतका अनुसार सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगा प्रसाद यादवलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगतै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी दुवैजना माओवादी केन्द्रनिकट मानिन्छन् । नवनियुक्त प्रदेश प्रमुखहरुको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !