२० बैशाख २०८१, बिहिबार

बिरामी रहेकी शान्ता चौधरीले लेखिन् यस्तो भावुक स्टाटस


शान्ता चौधरी

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। आफैँ विरामी रहेकी चौधरीले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी छन्, “पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका बरिस्ठ नेता कमरेड झलनाथ खनाल ज्युको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दैछु।”

शनिबार खनाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएको हो ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । खनालको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनी निकट स्रोतले जनाइएको छ ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट ५ लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । खनाललाई पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्
एमालेकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्था जटिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !