१४ बैशाख २०८१, शुक्रबार

गण्डकीमा खेलकुदमन्त्रीको उपहार पाएका दीपक मनाङ्गेले लिए सपथ


दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) ले सपथग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङ्गेलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएर मुख्यमन्त्री गुरुङको पद तत्कालको लागि जोगाउन सहयोग गरेकोले उनले खेलकुदमन्त्रीको उपहार पाएका हुन् ।

हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम भएपनि दुई सांसदको अनुपस्थिति हुँदा स्थगित भएको थियो । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !