४ जेष्ठ २०८१, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथग्रहण गराइने


डोरमणि पौडेल

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् बिस्तार र पुनर्गठन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

तत्कालीन नेकपाको प्रचण्ड-माधव समुहका तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना मन्त्री छन् । पुराना मन्त्रीहरुलाई हटाएर नयाँ ल्याउन खोजिएपनि बजेट आउन लागेको भन्दै खाली रहेका ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

पार्टीको शीर्ष नेतृत्वसँग कुरा गरेपछि आजै साँझसम्म नयाँ नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

थपिएका मन्त्रीहरुमा काभ्रेका चन्द्र लामालाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ भने मकवानपुरकी जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री बनेकी छन् ।

साथै सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत पनि मन्त्रिपरिषद्मा समेटिएका छन् । धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि बिस्तारित मन्त्रिपरिषद्मा समेटिएको छ ।

मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र उत्पन्न तीब्र विरोधकाका बाबजुद मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली समूहको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन् ।

गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !