११ पुस २०८१, बिहीबार

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु


मोहम्मद सिद्धिकी

राँझा । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेको छ । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँ गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो ।

विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो ।

उहाँ नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !