८ बैशाख २०८१, शनिबार

पहिलेका बादल र अहिले बदलिएका राष्ट्रवादी बादल

दोस्रो पटक गृहमन्त्रीको सपथ ग्रहणमा बादल फरक शैलीको न्यू लुक्समा


पहिलेका बादल र अहिले बदलिएका राष्ट्रवादी बादल

काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि स्वतः गृहमन्त्रीबाट पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका भएका रामबहादुर थापा ‘बादल’ले हिजो शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।

पदमुक्त भएलगत्तै प्रधानमन्त्री ओलीले थापालाई नेकपा एमालेको नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका थिए । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

तत्कालीन माओवादी नेताहरूले दौरा सुरुवाललाई राजा महेन्द्रले सुरु गरेको मानिने ‘एक भाषा, एक भेष’ अभियानको अङ्ग हो भन्दै त्यसले विविधता अस्वीकार गरेको तर्क गर्ने गरेका थिए।

आफैमा चरम भौतिकवादी भन्ने पूर्वमाओवादी नेताहरु मन्त्री बनेर सपथग्रहण गर्दा प्राय: कोट पाईन्ट लगाउने गर्छन् । माओवादी पृष्ठभूमिबाट आएका धेरै नेताले अहिलेसम्म पनि कोट पाईन्ट मै रमाउने गर्छन् ।

उनीहरु दौरा-सुरुवाल नलगाएर मन्त्री भएपछि पनि आफूखुशी पोशाक लगाउँछन् । तर हिजो गृहमन्त्री बादलको सपथग्रहण कार्यक्रमको रहनसहनको शैली फरक देखियो । उनले दौरा सुरुवालमै ठाँटिएर सपथग्रहण गरे । यसअघि कहिलेकाही मात्र दौरा-सुरुवाल लगाउने उनी सपथमा भने पहिलोपटक लगाएका हुन् ।

यसरी किन एक्कासी उनको पहिरनमा परिवर्तन भयो भन्ने जिज्ञासा नेपालीमा बढेको छ । सदियौदेखिको दौरा-सुरुवाल नेपालको राष्ट्रियतासँग जोडिएको नेपालीको पहिचान हो । के बादल अव ओली कित्तामा आएपछि बढी राष्ट्रवादी भएकै हुन् त ?

माओवादीको कित्ता छोडेर एमालेमा प्रवेश गरेका नेताहरुमा देखिएको परिर्वतनको यो एउटा दृष्य हो । यसअघि पूर्वमाओवादीकै मन्त्री टोपबहादुर रायमाझीले पुनः नियुक्ति हुँदा दौरा सुरुवाल लगाएका थिए ।

फेरि दौरा सुरुवाल लगाएर मात्र राष्ट्रवादी भइँदैन । कतिपय दौरा सुरुवाल लगाएर आफूलाई बहुत राष्ट्रवादी भन्ने हरुले देशलाई धेरै धोका दिएका प्रशस्तै दृष्टान्त नेपालमा छन् ।

बिगतमा कुनै यस्तो समय थियो राष्ट्रियताको पहिचान दौरा, सुरुवाल र टोपी मानिन्थ्यो । कसैले दौरा, सुरुवाल र टोपी लगायो भने यसलाई उच्च राष्ट्रवादीको रुपमा हेरिन्थ्यो । तर अहिले जमाना परिवर्तन भईसकेको छ ।

आफूलाई बढी राष्ट्रवादी भनेर देखाउने र कुरा गर्ने तर काम नगर्नेलाई अहिले खाक्रो नक्कली राष्ट्रवादीको रुपमा चित्रण गर्ने शिक्षित समाज भई सक्यो हाम्रो देश नेपालमा ।

जे गरे पनि कुरा काट्ने हाम्रो अहिलेको विकशित नकारात्मक समाज पनि परिवर्तन हुन जरुरी छ । जनताले यस्तो हुनुपर्छ भन्ने अहिले नेताले त्यो अनुसार गर्दा जस नदिई शंकाको दृष्टिले कुरा काट्ने काम गर्नुहुदैन । तर आलोचनात्मक टिप्पणी गर्नु चाहि जरुरी छ ।

जे होस् बादलले दौरा, सुरुवाल र कालो टोपी लगाएर शपथ लिनु नेपालीको लागि सकारात्मक र सुखद नै भएपनि उनले अव आफूलाई राष्ट्रवादी प्रमाणित गर्न त्यो अनुसारको देखिने काम गर्न जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !