१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चले भन्यो, ‘न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता पुग्छ'(पूर्णपाठ)


यस्तो छ सर्वोच्च अदालतले सुबेदीको पक्षमा गरेको फैसलाको पूर्णपाठ 

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला गरेको छ । अदालतको यो फैसलासँगै सुवेदीलाई अब संसदीय सुनुवाइबाट सर्वोच्चतमा न्यायाधीश हुने बाटो सहज भएको छ ।

आज सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुग्ने फैसला गरेको हो ।

सर्वोच्चको अदालतको यो फैसलाले न्यायाधीशमा सिफारिस भएका सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्चतले खारेज गरेसँगै नियुक्ति विवाद टुंगिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषद्ले नियुक्ति गरेका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुबेदीको संविधान बमोजिमको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

नेपालको संविधानको धारा १२९ को उपधारा (५) ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुन चाहिने योग्यतामध्ये न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो श्रेणीभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

नहकुल सुवेदीको पक्षमा सर्वोच्चको फैसला

यस्तो छ सर्वोच्च अदालतले सुबेदीको पक्षमा गरेको फैसलाको पूर्णपाठ 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !