१४ बैशाख २०८१, शुक्रबार

लिम्पियाधुरा बिनाको विभूषण वितरण गरेकोमा भीम रावलले मागे प्रधानमन्त्रीको जवाफ


भीम रावल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेद्वारा निलम्वित नेता भीम रावलले लिम्पियाधुरा बिनाको विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तुरून्त जवाफ मागेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै नेता रावलले राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? भनेर प्रधानमन्त्री ओलीले तुरून्त जबाफ दिनुपर्ने बताएका छन् ।

साथै यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्री ओलीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ? भने प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्र.मं.को विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ?’

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !