११ जेष्ठ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै


३ फागुन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न लागेकी हुन् । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभावाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !