११ आश्विन २०८१, शुक्रबार

अन्तत: गण्डकी प्रदेशका २ जना माओवादी मन्त्रीले दिए राजीनामा


हरिबहादुर चुमान र लेखबहादुर पुन

पोखरा । अन्तत: गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । यद्यपि संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन ।

आज राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुन रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा रहेका नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलका नेतासमेत रहेका चुमानले बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए । आज बुधबार विहान बसेको माओवादी संसदीय दल बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन दिएको निर्देशन अनुसार उनीहरुले राजीनामा दिएका हुन् ।

प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए । तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !