७ बैशाख २०८१, शुक्रबार

अबको नेपाल हिजोको नेपाल होइन, ओलीको ढाट्ने दिन सकियो : संयोजक मिलन पाण्डे


मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अबको नेपाल हिजोको नेपाल नभएको बताएका छन्। पाण्डेले आज आधा देश २४वर्ष मुनि रहेको र अधिकांश युवा कुनै सङ्गठनको दास बन्न अस्विकार गरेको बताएका छन् ।

पाण्डेले विदेशमा रहेका लाखौँ नेपालीले विकास कस्तो नेताले गर्छ भनेर बुझेर फर्कदै गरेको बताएका छन् । पाण्डेले एक स्टाटस लेख्दै भनेका छन्, “अबको नेपाल हिजोको नेपाल होइन। १)आज आधा देश २४वर्ष मुनि छ। अधिकांश युवा कुनै सङ्गठनको दास बन्न स्विकार्दैनन्।२)विदेशमा रहेका लाखौँ नेपालीले विकास कस्तो नेताले गर्छ भनेर बुझेर फर्कदै छन्।३)यो प्रविधिको युग हो। कसले आज के बोल्यो र के गर्‍यो सबको मोबाइलमा छ। अब झुक्क्याउने युग सकियो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !