११ बैशाख २०८१, मंगलबार

प्रचण्डले खोसे ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सांसद पद, अब के गर्लान् ?


टोपबहादुर रायमाझी फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सांसद पद च्वाट भएको छ । माओवादी केन्द्रले टोपबहादुर रायमाझीको सांसद पद खोस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय पार्टीले गरेको राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले बताए ।

‘पार्टीले उहाँहरूलाई फर्किन गरेको आह्वानलाई बेवास्ता गर्दै एमालेमा रहने निर्णय लिएका मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय भएको छ,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !