७ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशमा एमालेको खनाल-नेपाल समूहद्धारा समानान्तर कमिटीको घोषणा


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेमा खनाल-नेपाल समूहले सामानान्तर कमिटीको घोषणा गरेको छ । एमालेभित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको खनाल-नेपाल समूहले बागमती प्रदेशमा छुट्टै संरचना बनाएर समानान्तर कमिटी घोषणा गरेको हो ।

अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको यो समूहले जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् ।

त्यस्तै बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मा लगायत रहेका छन् । सचीवमा रचना खड्कालाई सचिवको जिम्मेवारी दिएको छ । खनाल-नेपाल समूहले आज नै सुदुरपश्चिममा समेत समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ । सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल समूहले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !