१४ बैशाख २०८१, शुक्रबार

सरकारलाई दिएको समर्थन भोलिभित्रै फिर्ता लिने माओवादी केन्द्रको घोषणा, राजीनामा कहिले ?


वर्षमान पुन र केपी ओली

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने बताएका छन् । पुनले पार्टीले सरकारलाई दिएको समर्थन आज/भोलिभित्रै फिर्ता लिने बताए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमा यदि राजनैतिक नैतिकता भएको भए यतिवेलासम्म राजीनामा आईसक्नेथियो भन्ने भनाई पनि राखे । तर, प्रधानमन्त्रीमा नैतिकता नभएकोले ओलीले राजीनामा नदिएको उनले टिप्पणी गरे ।

पुनले ओलीसँग अहिले जनमतपनि नभएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि वर्तमान सरकारको विकल्प खोज्ने र यसको लागि अग्रसर लिने भनेर निर्णय गरेको कुरा उल्लेख गर्दै नेता पुनले आफ्नो पार्टीले पनि समर्थन फिर्ता लिने सुनाए । उनले प्रधानमन्त्री ओलीले जे बोल्ने हो त्यो नगर्ने र जे गर्ने हो त्यो कहिल्यै नबोल्ने गरेको पनि स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !