२५ बैशाख २०८१, मंगलबार

केपी ओलीको राजीनामापछि को बन्दैछन् नयाँ प्रधानमन्त्री ?


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने निर्णयले अब नयाँ सरकार गठन हुने पक्का भएको छ। माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओलीले स्वत राजीनामा दिनुपर्ने कि त विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले केहि समय अगाडी बसेको संसदको बैठकमा ओलीलाई विश्वासको मत लिन आग्रह गरेका थिए। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने पक्षमा देखिएको छ।

कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ। जसपा हो भने अझैं पनि सरकार गठनको बारेमा निर्णय लिन सकेको छैन। जसपामा दुई समूहले फरक फरक मत राख्दै आएपछि सहमति जुट्न सकेको छैन।

जसपाका वरिष्ठ नेता राजेन्द्र महत्व ओलीलाई साथ दिने पक्षमा छन्। ओली शक्तिमा रहेकाले आफ्नो माग तत्काल पुरा गर्दिने र नगतमा काम गर्ने पक्षमा रहेका छन्। उता ओलीले पनि आफूले राजीनामा दिन परे महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउने तयारीमा छन्।

माओवादी केन्द्र पनि नयाँ सरकार गठनको पक्ष छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने हुन्छ। ओलीले समेत समर्थन फिर्ता लिए राजीनामा आउने बताएका छन्। ओलीले समर्थन फिर्ता नगरेसम्म राजीनामा नदिने दावी गरेका छन्।

नयाँ सरकार गठनपछि नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषय मुख्य बनेको छ। सबैको ध्यान नयाँ प्रधानमन्त्री को बन्छ भन्नेमा केन्द्रित छ। अबको नयाँ प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा, महन्त ठाकुर, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र माधव नेपालको नाम चर्चामा छ। यी नेताहरु मध्ये देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ। माधव नेपाल, प्रचण्डले समेत प्रधानमन्त्री बन्न समर्थन गरेका छन्। त्यसैले गर्दा पनि देउवाको सम्भावना धेरै देखिन्छ। तर ओली भने महन्त ठाकुरलाई बनाउने तयारीमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !