६ जेष्ठ २०८१, आइतबार

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन विप्लवलाई प्रचण्डको आग्रह


prachanda

१ फागुन, काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले र माओवादीवीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् ।

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नवाट ब्यूँझन आग्रह गरे । विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नावाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !