२२ बैशाख २०८१, शनिबार

रामकुमारीको ओलीलाई चेतावनी : ‘षडयन्त्र, तिगडम र छलछामको राजनीतिको आयु छोटो हुन्छ’

घनश्याम र सुरेन्द्रलाई ओलीले कारवाही गरेपछि रामकुमारीले दिइन् अहिलेसम्मकै कडा प्रतिक्रिया


रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गर्दै कारवाही गरेपछि ओलीलाई चुनौती दिंदै अहिलेसम्मकै कडा प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आएको भन्दै उनले बिगतमा यी सबै नक्कली र निश्चित स्वार्थका लागि मात्र गरिएको ओलीलाई आरोप लगाएकी छिन् ।

उनले फेरि जसले पार्टी बनायो उसैलाई कारबाही ? किन भनेर ओलीलाई प्रश्न गरेकी छिन् । उनले साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य नहुने भन्दै कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ भन्दै हेक्का राखौं बुई चढ्ने लड्छ भनेर ओलीलाई चुनौती दिएकी हुन् । साथै उनले षडयन्त्र, तिगडम र छलछामको राजनीतिको आयु छोटो हुने भन्दै ओलीको सत्ता चाडै हट्ने संकेत गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो। यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही? साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन। कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !