File Photo
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि आफूले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेपनि बेवास्ता गरेको आरोप लगाएका छन्। ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि फोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको र पछि इच्छा छैन भनेर मजाक गरेको बताए ।
अदालतले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा आउन आदेश दिएको थियो ।