१ मंसिर २०८१, शनिबार

प्रचण्डको रुवाबासी : ‘अध्यक्षबाट हटेका ओलीलाई सर्वोच्चले फेरि अध्यक्ष बनाइदियो’


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले अध्यक्षबाट हटेका केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाइदिएको आरोप लगाउदै रुवाबासी गरेका छन् ।

२० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्चको फागुन २३ को फैसलालाई नाटकको संज्ञा दिँदै ठूलो षड्यन्त्र भइरहेको समेत बताएका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसद सचिवालयमा नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित दलको नेताबाट हटाइएको सूचना दर्ता गरेर फर्किँदा फर्किँदै अदालतले दुई वटा पार्टी बनाइदिएको तीतो यथार्थ उनले ओकलेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन् । उनले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !