२१ बैशाख २०८१, शुक्रबार

पार्टी सदस्यवाट निलम्वन गरेपछि भीम रावलले गरे ओलीलाई यतिसम्मको गाली


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले वरिष्ठ नेता माधव नेपाल र आफूमाथि भएको कारबाही अस्वीकार्य भएको बताएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

आज राती सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको आरोप लगाएका छन् ।

ओलीले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चार नेतालाई स्पष्टीकरण पत्र पठाएका थिए । सोमबार वरिष्ठ नेता नेपाल र आफूलाई निलम्बन गरेको भन्दै रावलले लेखेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कुमृत्यु हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रति तावेदारी हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !