२१ बैशाख २०८१, शुक्रबार

नेपाल र रावललाई ओलीले कारबाही गर्ने भएपछि योगेशले दिए यस्तो कडा प्रतिक्रिया


योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

आज राती सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले कारबाही र सजाँय कमजोर शत्ताको अन्तिम अस्त्र भएको भनेर ओलीलाई कटाक्ष गरेका हुन् । साथै उनले यसरी पार्टीका नेताहरुलाई कारबाही गर्दा परिणाम उल्टो हुने निश्चित भएकोले फर्कनु नै कल्याण हुने भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !