२२ बैशाख २०८१, शनिबार

रक्षामन्त्री प्रधानलाई लाखौं रुपैयाँ उपचार खर्चको ‘चिठ्ठा’


1

२८ माघ, काठमाण्डौ । शेरबहादुर देउवा सरकार पछिल्लो समय निकै ‘दानी’ देखिएको छ । हरेक मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता, शहीद घोषणा वा कुन न कुनै बहानामा आर्थिक सहयोग दिने निर्णय भटाभट गरिहेको छ ।

शुक्रबार त रक्षामन्त्री भीमसेन दास प्रधानलाई उपचार खर्चका लागि लाखौंको चिठ्ठा नै पर्‍यो । कांग्रेस नेता प्रधान मुटुरोगबाट पीडित छन् । ७ वर्षअघि हृदयघात भएपछि दुई दिनसम्म अचेत भएका थिए प्रधान । त्यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका प्रधानलाई डाक्टरहरुले ‘पशुपतिनाथले जोगाएको’ भने ।

उनको मुटुसँग जोडिएको रक्तनलीमध्ये दुईवटा पुरै टालिएको छ, एउटाले मात्र सामान्य काम गरेको छ । शहीद गंगालाल हृदयरोग केन्द्रका चिकित्सक डा.अरुण मास्केले उपचारका लागि जापान जान सुझाव पनि दिएका थिए । तर, सरकारले दिएको लाखौंको उपचार खर्च न उनले मागेका थिए न त उपचारमा जाने कुनै योजना नै थियो । आकस्मिक रुपमा आइलाग्यो उपचार खर्च ।

अरुकै विषय उठाउँदा आफ्नै निर्णय

मन्त्री प्रधानका अनुसार कांग्रेस नेता तथा पूर्वसांसद रामकृष्ण ताम्राकारले ब्लड क्यान्सरको उपचार गर्न असोजमा सरकारसँग आर्थिक सहयोग माग गर्दै निवेदन दिएका रहेछन् । तर, लामो समयसम्म कुनै निर्णय भएन । कांग्रेसका केही नेताहरुले मन्त्री प्रधानलाई भेटेर ‘यो फाइल प्रधानमन्त्री कहाँ पुगेको छ, तपाईले पनि पहल गरिदिनू है’ भने ।

दुई हप्ताअघि बसेको मन्त्रिपरिषद बैठकमा रक्षामन्त्री प्रधानले तामाकारको फाइलबारे कुरा उठाए । उहाँलाई पैसा किन नदिएको भन्दै उनी अलि कडि्कएका थिए । मुख्यसचिव लोकदर्शन रेग्मीले फाइल गृह मन्त्रालयबाटै आउन बाँकी रहेको जवाफ दिए । मन्त्रीप्रधानले प्रधानमन्त्री नै गृहमन्त्री भएपछि के बाँकी रहृयो भने । तर मुख्यसचिवले गृहमन्त्रालयबाट प्रक्रिया पुर्‍याउन बाँकी रहेकाले दिन नमिल्ने दोहोर्‍याए ।

‘उहाँले आउनुपर्ने प्रोसेस बाँकी नै छ भन्नुभयो,’ मन्त्री प्रधानले अनलाइनखबरसँग भने, ‘अचानक मलाइ के आयो, के आयो, म रक्षामन्त्री, मलाई यस्तो समस्या छ, मसँग पैसा छैन भनेँ । ए तपाईंको छ (आर्थिक सहयोग माग गरेको निवेदन) नि है ! जानुस् जानुस् भनेर सबैले भने ।’ त्यो क्याबिनेट बैठकले मन्त्री प्रधानलाई २५ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गर्‍यो ।

‘मिडियाले लेख्छन् भनेर चुप लागेँ’

सरकारले उपचार खर्च दिने भएपछि रक्षामन्त्री प्रधानले जापानको सोनान तामाकुरा जनरल अस्पतालबाट आफ्नो उपचारमा लाग्ने खर्च विवरण मगाए । डाक्टरले इमेलमार्फत ३७ लाख रुपैयाँ जत्ति खर्च हुने जानकारी दिए ।-onlinekhabar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !