१८ बैशाख २०८१, मंगलबार

एकाबिहानै भावुक हुँदै रामकुमारी झाँक्रीले लेखिन् अर्को मनछुने स्टाटस


रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले विद्या भट्टराईको आमाको दु:खद निधनको खबरले स्तब्ध भएको बताएकी छन्। उनले एक स्टाटस लेख्दै विद्या भट्टराई र आमासँग विद्यार्थी आन्दोलनका अप्ठ्यारा दिनहरूमा अनगिन्ती रातहरू सँगसँगै बिताएको बताएकी छन् ।

उनले लेखेकी छन्, “मेरो प्रिय दिदी मा. विद्या भट्टराई र आमासँग विद्यार्थी आन्दोलनका अप्ठ्यारा दिनहरूमा अनगिन्ती रातहरू सँगसँगै बिताएका स्मृति ताजै छन् । आज आमाको दु:खद निधनको खबरले स्तब्ध भएँ । आमा हजुरप्रति भावपूर्ण श्रद्धान्जली !विद्या दिदी सहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना !!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !