काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको समूहको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको एक नेताले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् । तर एमालेको उक्त समूहका वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावल भने बालुवाटार नजाने भएका छन् ।
आज भएको सो बैठकमा ६० जना जति केन्द्रीय सदस्यको वैठकमा सहभागी भएको ती नताले दावी गरे । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
संसदीय दलको बैठकमा खनाल-नेपाल समूहले झलनाथ खनालले बोल्नका समय माग्ने, समय दिए आफ्ना कुरा राख्ने र त्यहाँ गएका सांसदहरु हस्ताक्षर गरेर फर्कने तयारी गरिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक आज शुक्रबार दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।
भट्टराईका अनुसार आज बस्ने बैठकमा ३ वटा विषयमा छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा ओली समूह र खनाल-नेपाल समूहबीच विवाद चरम बिन्दुमा पुगेको छ । एमाले ब्युँतिएपछि ३ पटक संसदीय दलको बैठक बस्दा पनि खनाल-नेपाल समूह सहभागी भएको थिएन ।
यो पनि पढ्नुहोस्
ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने
ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै
ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)
ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? (पूर्णपाठ)
कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?
ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?