काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्वकीय सचीवमार्फत स्पष्टीकरण बुझाएका हुन् ।
४ जना नेताहरुले बुझाएको स्पष्टीकरण पत्र नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलमा पुगिसकेकोले ओली र पोखरेलले उक्त स्पष्टीकरण अध्ययन गरिरहेको बुझिएको छ ।
नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्रको १४ बुँदे जवाफ दिंदै तपाईलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन् । रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका हुन् ।
नेता रावलले अध्यक्ष ओलीमाथि संगीन आरोप लगाएउदै ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेको उल्लेख गरेका छन् । साथै उनले आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको आरोप तथ्यहीन भएको बताएका छन् ।
यस्तो छ भीम रावलले बुझाएको स्पष्टीकरण पत्रको जवाफ
यो पनि पढ्नुहोस्
ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)
नेपालसहित ४ जना नेताहरुको स्पष्टीकरण ओलीको हातमा, थप कठोर कारवाहीको सम्भावना
माधव नेपालसहित एमालेका ४ नेताहरुले फर्काए स्पष्टीकरणको जवाफ
कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?
ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?