५ जेष्ठ २०८१, शनिबार

बाबुराम भन्छन्, ‘अहिलेको प्रश्न प्रधानमन्त्रीबाट ओलीलाई कसरी छिटो हटाउने भन्ने हो’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको प्रश्न प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अहिलेको यक्ष प्रश्न कोसँग सत्ता समिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै नभएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष महन्त ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सत्ताको ललिपप देखाएर विभाजन नजिक पुर्याइदिएपछि उनीप्रति खनिएका हुन् ।

उनले अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो भनेर प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।

साथै उनले अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं ! भन्दै अहिले जसपा विभाजन नजिक पुगेको अवस्थामा अहिलेको ठुलो चुनौतीलाई सामना गरेर पछिको सानोतिनो चुनौतिसँग लड्दै अघि बढेर जसपालाई फुटवाट जोगाउनु पर्ने आशय प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो । अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !