१९ बैशाख २०८१, बुधबार

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


Nepali-congress-Centre-office-Sanepa

२६ माघ, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उल्लेख छ । विज्ञप्तिमा बैठकको एजेन्डा भने खुलाइएको छैन ।

सभापति देउवानिकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पार्टीवाट प्रतिनिधिसभाको समानुपातिक सिटमा क–कसलाई पठाउने भन्नेबारे छलफल हुने जानकारी दिए । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४० सिट जितेको छ । बैठकवाट निर्णय गराई पार्टीले समानुपातिकतर्फ बुझाएको १ सय १० उम्मेदवारको सूचीवाट शुक्रबार नै महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र (क्लस्टर) मिलाएर प्राथमिकता क्रमअनुसार ४० जनाको नाम तय गरेर निर्वाचन आयोगलाई बुझाउनेछ ।

आयोगले शुक्रबार नै प्रतिनिधिसभाको १ सय १० समानुपातिक सिटमा विजयी उम्मेदवार घोषणा गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !