२ मंसिर २०८१, आइतबार

३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न अष्टलक्ष्मीसँगै राजेन्द्र र रामेश्वरको उम्मेदवारी दर्ता


padesh 3 ko mukhyamantri ko lagi manonayan darta netaharu

२६ माघ, काठमाण्डौ । ३ नम्बर प्रदेशको लागि नेकापा एमालेले संसदीय दलको नेता चयनका लागि मनोनयन प्रक्रिया सुरु भएको छ । आकांक्षीहरु धेरै भएपछि एमालेले निर्वाचनमार्फत् दलको नेता चुन्न लागेको हो ।

शुक्रबार बिहान साढे ९ बजेसम्म तीन जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । दोस्रोमा राजेन्द्र पाण्डेको र तेस्रोमा रामेश्वर फुयाँलको उम्मेदवारी दर्ता भएको छ ।

संसदीय दलको नेतामा केशव स्थापित, सानु श्रेष्ठ, कैलाश ढुंगेल र डोरमणि पौडेल पनि आकांक्षी छन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरु धेरै देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !