१४ बैशाख २०८१, शुक्रबार

ओलीले पार्टी फुटाएको झलनाथ खनालको खुलासा


झलनाथ खनाल

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । बुधबार माधवकुमार नेपाल-झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले ओलीले जथाभावी निर्णय गरेको बताए ।

खनालले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको आरोप लगाए । ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने खनालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !