१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधिसभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार नगर्ने टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठक आयोजना गरेपछि रावलले यस्तो आपत्ति जनाएका हुन् ।

रावलले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, “नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्दैन ।यस्तो गलत परिपाटीतर्फ संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने कसैले पनि लाग्न मिल्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !