८ पुस २०८१, सोमबार

शीतल निवासमा भएको सर्वदलीय बैठकमा काे काे भए सहभागी ?


राष्ट्रपति कार्यालय शीतलनिवास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग शीतल निवासमा बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई उपस्थित भएनन् ।

खनाल-नेपाल समूहका एक नेताका अनुसार नेपाल र खनाल राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी नभएका हुन् भने पूर्वप्रधानमन्त्री भट्टराईको भने स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनका स्वकीय सचिव रोशन पोखरेले जानकारी दिए ।

बैठकमा  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागिता रहेको छ ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक आह्‍वान गरेकी हुन् ।

यो पनि पढ्नुहोस्

खनाल र नेपाल राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा नजाने

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !