४ बैशाख २०८१, मंगलबार

खनाल र नेपाल राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा गएनन्


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग शीतल निवासमा बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई गएनन् ।

नयाँ सत्ता समीकरणको चरम गुटबन्दी चलिरहेको र सत्तारुढ दल नेकपा एमालेका दुई समूहवीच पुनर्मिलन भएको सन्दर्भमा राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दल एमालेकै शीर्ष नेताहरु नजानुलाई राजनीतिक वृत्तमा यसलाई उच्च महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई आज अपरान्ह ४ बजे सर्वदलीय छलफलका शीतलनिवासमा बोलाएकी छन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । तर उक्त सर्वदलीय बैठकमा नेकपा एमालेका खनाल र माधव नेपाल नजाने भएका हुन् ।

खनाल-नेपाल समूहको एमालेका एक नेताले सर्वदलीय बैठकमा नेपाल र खनाल दुवै जना सहभागी नहुने बताए । उनका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने भएका हुन् ।

बुधबार र बिहीबार तय भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका कारणले जान नभ्याइने भन्ने उक्त समूहको धारणा छ । राष्ट्रिय भेलामा पेश हुने अवधारणापत्र तयारीका कारणले जान नभ्याउने उक्त समूहको भनाइ छ ।

उनले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका बेला सर्वदलीय बैठक आह्वान गर्नु शोभनीय नभएको बताए । संविधान र प्रणाली नै संकट उन्मुख भएको बेला प्रधानमन्त्रीको सिफारिसको सहयात्री बनेकी राष्ट्रपतिले त्यतिबेला सर्वदलीय बैठकको औचित्य नदेखेर तर आज संविधानसम्मत भइरहेका संसदीय गतिविधिलाई लिएर सर्वदलीय बैठक डाक्नु शंकास्पद भएको उनको तर्क छ ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक जाने वा नजाने भन्ने बारेमा अन्योलमा

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु